काठमाडौं । सूक्ष्म ‘म’ भित्र हराएको म...
सत्यः के हो? खोजि हिँडेको म ।
समय–सीमा भित्रको घेराबन्दीमा; आफन्त–नाता–कुटुम्ब...
अनि साथीभाइ बिच खोजि–खोजि हराएको ‘म’ ।
सम्बन्धहरुको झिनो आशामा बाँधिएर हराएको म.....
थोेरै–माया–प्रेमपूर्ण व्यवहार;
अनि वचनको प्रतिक्षामा रुमलिएर हराएको म ।
असत्य–अज्ञान–भ्रम–मोह–मायाको;
चपेटामा अझ नराम्ररी हराएको म ......।
ओहो !
तर त्यो वृहत ‘म’....
यति विशाल–अनन्त–असिमीत छ ....
सूक्ष्म ‘म’ को, त्यो ठिक विपरित छ ।
त्यो सुक्ष्म मको परित्यागमा,
वृहत ‘म’ को जन्म भएको छ ।
त्यो सूक्ष्म ‘म’ ले.....
वृहत ‘म’ भट्टाउँदा वास्तवमै सुक्ष्म ‘म’ विलाएको छ ।
त्यो झिनो सूक्ष्म अज्ञानको आशामा बाँधिएको ‘म’
वृहतः “हामी” भै उदाएको छ ।
अनाः नेवाः


