काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुन तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीप्रति तोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


