आइतबार, कार्तिक १६ गते २०८३
images
images

भाडा समायोजन गर्नुुपर्ने भन्दै यातायात व्यवसायी आन्दोलनमा     

एक्सप्रेस पाना
श्रावण ७, २०७८ बिहीबार
  • 318
    SHARES
  • भाडा समायोजन गर्नुुपर्ने भन्दै यातायात व्यवसायी आन्दोलनमा     

    काठमाडौँ ।  भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् ।

    images

    व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ ।

    र्‍यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइन देखिन्छ । साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा ट्राफिक जामको समस्या पनि देखिएको छ ।

    images

    सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।