शनिबार, भाद्र २७ गते २०८३
images

‘झिंगेदाउ–२’ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन मृगस्थलीमा

एक्सप्रेस पाना
पौष १८, २०८२ शुक्रबार
  • 106
    SHARES
  • ‘झिंगेदाउ–२’ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन मृगस्थलीमा

    काठमाडौं । नेपाली चलचित्र झिंगेदाउ–२ को एउटा गीतको छायांकन पशुपति मन्दिर परिसरमा रहेको मृगस्थलीमा भइरहेको छ ।

    images

    चलचित्र झिंगेदाउ २ को विशेष गीत ‘आमाको महिमा’ को छायांकन पशुपतिमा भइरहेको हो । गीतमा मिथिला शर्मा र मदनदास श्रेष्ठको अभिनय रहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको ‘झिंगेदाउ २’ को छायांकन मंसिर १५ गतेदेखि सुरू भएको थियो ।

    काभ्रेको पनौतीदेखि सुरु भएको छायांकन हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेको छ । चलचित्रको छांयाकन काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहूँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका स्थानमा हुने निर्माण पक्षले जनाएको छ ।

    images

    चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाललगायतको अभिनय रहनेछ । कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायांकन बिष्णु घिमिरे ‘कल्पित’ले गरिरहेका छन्।

    चलचित्र निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् भने निर्देशक देउजाले नै कथा लेखेका हुन् । पटकथा भने परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् ।

  • सम्बन्धित विषय:

  • # झिंगेदाउ–२
  • # मिथिला शर्मा
  • # मदनदास श्रेष्ठ