मंगलबार, भाद्र २३ गते २०८३
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित

एक्सप्रेस पाना
पौष २९, २०८२ मंगलबार
  • 193
    SHARES
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभा सम्पन्न, ८.४२१ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

    images

    मंगलबार काठमाडौंमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक समितिको अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । 

    सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । जसमध्ये ४ प्रतिशत शेयर लाभांस र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित भएको हो । 

    images

    साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

    कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
  • # लाभांश
  • # साधारण सभा