आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रचण्डलाई भेट्न खुुमलटार पुुगे कांग्रेस नेता श्रेष्ठ 

एक्सप्रेस पाना
श्रावण ७, २०७८ बिहीबार
  • 300
    SHARES
  • प्रचण्डलाई भेट्न खुुमलटार पुुगे कांग्रेस नेता श्रेष्ठ 

    काठमाडौं। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन्।

    images

    आज बिहान उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको हो। श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन श्रेष्ठ खुमलटार पुगेका थिए।

    यस्तै प्रचण्ड र श्रेष्ठबीच समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र पनि सामेल छ। देउवा नेतृत्वको सरकार दलहरूको गठबन्धनबाट बनेको हो।

    images

    कांग्रेस नेता श्रेष्ठ संगठन विभाग प्रमुख पनि हुन्। यसअघि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेर सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। लामो समयदेखि सीता बिरामी छन्।