काठमाडौं । लगातार नयाँ रेकर्ड बनाई रहेको सुनको मुल्य सोमबार पनि बढेको छ ।
आज सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो ।
आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ६ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


