काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।


