आइतबार, भाद्र २८ गते २०८३
images

तामाकोशीमा बस दुर्घटना : नौं जनाको मृत्यु, १० को उद्दार

एक्सप्रेस पाना
माघ २७, २०८२ मंगलबार
  • 154
    SHARES
  • तामाकोशीमा बस दुर्घटना : नौं जनाको मृत्यु, १० को उद्दार

    काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा नौं जनाको ज्यान गएको छ ।

    images

    काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको प्रदेश०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यात्रुबाहक बस मंगलबार बिहान अन्दाजी ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो ।

    दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौं जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ ।

    images

    १० जना भन्दा बढीलाई उद्दार गरि उपचारका लागि अस्पताल पठाइएको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । NNB

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना