काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


