आइतबार, भाद्र २८ गते २०८३
images

धादिङमा बस दुर्घटना:मृत्यु हुनेको संख्या १८ पुग्यो

एक्सप्रेस पाना
फाल्गुण ११, २०८२ सोमबार
  • 102
    SHARES
  • धादिङमा बस दुर्घटना:मृत्यु हुनेको संख्या १८ पुग्यो

    काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने २८ जना घाइते भएका छन् ।

    images

    पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १स्३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो ।

    दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना