आइतबार, भाद्र २८ गते २०८३
images

धादिङ बस दुर्घटनास्थलको राजेन्द्र पाण्डेले गरे स्थलगत निरीक्षण

एक्सप्रेस पाना
फाल्गुण ११, २०८२ सोमबार
  • 128
    SHARES
  • धादिङ बस दुर्घटनास्थलको राजेन्द्र पाण्डेले गरे स्थलगत निरीक्षण

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा धादिङ क्षेत्र नम्बर–१ का उम्मेदवार राजेन्द्र पाण्डेले धादिङस्थित भैंसिगाौडा बस दुर्घटनास्थलको स्थलगत अनुगमन गरेका छन् ।

    images

    पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ्ग–५ भैंसिगौडास्थित रोराङमा सोमबार बिहान बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनाको खबर पाए लगत्तै पाण्डे उक्त स्थानमा पुगेर घटनाको स्थलगत जानकारी लिएका हुन् । 

    22.jfif

    images

    पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना स्थलमा पुगेर पाण्डेले त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारकर्ताहरूसँग घटनाको स्थलगत जानकारी लिएका हुन् । 

    पाण्डेले घटनाको स्थलगत जानकारी लिँदै उद्धार तथा उपचार कार्यलाई तीव्र र प्रभावकारी बनाउन समन्वय गरेका छन् ।

    33.jfif

     

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • # राजेन्द्र पाण्डे