आइतबार, कार्तिक १६ गते २०८३
images
images

अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक

एक्सप्रेस पाना
चैत्र १, २०८२ आइतबार
  • 99
    SHARES
  • अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ ।

    images

    केन्द्रीय बैंकले चैत १ गते उक्त रकम तान्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने छ ।

    निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images

    यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले २८ दिने अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो ।
    केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी चैत २९ गते भुक्तानी गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक