काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।


