काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।


