आइतबार, भाद्र २८ गते २०८३
images

सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँचजना घाइते

एक्सप्रेस पाना
बैशाख २४, २०८३ बिहीबार
  • 125
    SHARES
  • सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँचजना घाइते

    काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् ।

    images

    प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटना दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ ।

    फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको गाडी अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ ।

    images

    दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक उपचारपछि उनीलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ ।

    अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पु¥याएका थिए ।

    प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानमा तीव्र गति मोडका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # जन्ती बस दुर्घटना