काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


