काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार १.०३ अंकले घटेर २७३०.९१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । शुक्रबार ३ अर्ब ९ करोडको कारोबार भएको बजारमा आज २ अर्ब ४५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ११९ कम्पनीको सेयर मुल्य बढेको छ भने १३२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १८कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


