काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार घटेको छ ।
आज बजार १२.३६ अंकले घटेर २७४२.११ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बिहिबार कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ३ अर्ब ८२ करोडको कारोबार भएको बजारमा बिहिबार ३ अर्ब ८९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ७२ कम्पनीको सेयर मुल्य बढेको छ भने १८८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


