बुधबार, भाद्र २४ गते २०८३
images

गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अनलिमिटेड अफर

एक्सप्रेस पाना
जेठ १४, २०८३ बिहीबार
  • 107
    SHARES
  • गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अनलिमिटेड अफर

    काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । 

    images

    अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । अनलिमिटेड लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । भोलि (२०८३ जेठ १४) देखि आगामी २०८३ जेठ १६ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ । 

    images

    गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्नका लागि मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ । 

     

  • सम्बन्धित विषय:

  • # गणतन्त्र दिवस
  • # नेपाल टेलिकम