काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


