शनिबार, भाद्र २७ गते २०८३
images

क्रान्तिः आफूभित्रै लुकेको छ.........

जेठ २३, २०८३ शनिबार
  • 219
    SHARES
  • क्रान्तिः आफूभित्रै लुकेको छ.........

    काठमाडौं ।

    images

    जम्काभेट भइरहन्छ प्राय ! 
    पुराना ति भावनाहरुसँग....
    अनि त्यसैमा जोडिएका स्मृतिहरुसँग.....।।

    भित्र–भित्रै बाँचिरहेका...
    ति भावना स्मृतिबनेर....
    घच्घच्याउन थाल्छ मनलाई जब, 
    एकछिन टोलाइ अनि चिन्तन गरीरहन्छु म,
    मनमनै मुस्कुराउँदै अनि झस्कन्छु पुनह, जब ।
    लाग्छ, कठैः !!! मलाई तब !!!!!
     
    बिर्सन खोजेका ती भावनाहरू,
    सम्झना अनि कल्पना बनी,
    स्मृतिपटलमा भारी भएर
    घरीघरी किन गिज्याइरहन्छन् मलाई ?

    images

    मेरो प्रगति मानव शरीरमा आएर पनि ?? 
    अज्ञानका ति स्मृतीहरुले चिन्तनबनी... 
    घरीघरी ब्यूँताइरहन्छ/गिज्याइरहन्छ किन, मलाई ?????

    मेरो मन–शरीर–भावना अनि उर्जाका अनेक तरङ्गहरु,
    कण–कणमा, जीउँदै रहेछन अझै......
    त्यसैले त, 
    जम्काभेट भइरहन्छ प्राय ! 
    पुराना ति भावनाहरुसँग जोडिएका 
    स्मृतिहरुसँग ।

    कोहि देखा पर्छन्, 
    रिसको पोको बनि घरीघरी;
    पड्कन्छन् बमका गोला सरी ।
    कोहि देखा पर्छन्, 
    मोहको पोको बनी; 
    जति खोले नि कसिन्छन् झन् गाँठो बनी ।
    कोहि देखा पर्छन्, 
    द्वेष बनि, 
    ओकल्छन् विष गोमन सर्प सरी ।।

    अज्ञानका र अन्धकारका... 
    ति क्लेशहरु देखा पर्छन् घरी घरी, अनेक बनी ।
    म हेरिरहन्छु......,  
    विश्लेषण गर्न छोडिदिन्छु..... 
    त्यस भित्र लुकेको झिनो... 
    शुत्रलाई पनि हेरिदिन्छुः– तटस्थ बनि ।।

    त्यसैले, 
    त म अचेल होसमा रहन अनि बाँच्न थालेकी छु...,  
    अनि बल्लः–, 
    जागृतिको उज्यालो ज्योती/प्रकाश.... 
    चम्चमाउँदै भन्न/बोल्न/लेख्न थालेको देख्दैछु...,
    भन्दै, 
    जाग अब ढिला हुन्छ नत्र....
    जगाऊ क्रान्ति आफूभित्र....
    आफूले आफैलाई नचिनी पहिले, 
    यहाँ क्रान्ति हुन्न कहिल्यै.....

    उठ बढ अगाडिः उघार.., ढोका.. 
    ज्ञान अनि प्रज्ञाको ज्योती बनी..... 
    मक्किसकेका, खुइलिसकेका... 
    झर्र–झर्र बनी सकेका.. 
    ती पुराना भावनाका स्मृतीका,
    अवयवहरुमाथि गर क्रान्ति ....
    प्राप्त गर विजय आफैमाथि पहिले ....

    बनेर चेतनशील गर कर्म.....
    बुझेर सत्य के हो भनि ।
    बाहिर त सदा चलिरहेकै छ..., 
    अनेक तन्त्र, वाद, दर्शन, नीति अनि नियम......।।
    त्यसैले गर क्रान्ति आफै भित्र पहिले ।
    अनि सक्छौ स्वतन्त्रताको झण्डा बोक्न तिमीले ..... ।।। 
     
     

    अना नेवाः 
    काठमाडौं । 

  • सम्बन्धित विषय:

  • # अना नेवाः