आइतबार, कार्तिक १६ गते २०८३
images
images

एसएसपी राणा डिआईजीमा बढुवा

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 386
    SHARES
  • एसएसपी राणा डिआईजीमा बढुवा

    काठमाडौँ ।  नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सौरभ राणा प्रहरी नायव महानिरीक्षक डीआईजी मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले बढुवा सिफारिससम्बन्धी सूची सार्वजनिक गरी राणालाई बढुवा सिफारिस गरिएको जनाएको छ।

    images

    बिहीबार गृहसचिव महेश्वर न्यौपाने संयोजक रहेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। सहकुल बहादुर थापा एआईजीमा बढुवा भएपछि प्रहरीमा एक जना डीआईजीको दरबन्दी रिक्त थियो। बढुवाका लागि सिफारिसमा परेका राणा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याजी हुन्।

    यस्तै, बढुवा समितिले प्राविधिकतर्फ स्वास्थ्य उपसमूह अन्तर्गत प्रहरी उपरीक्षक एसपीमा बढुवाका लागि रामेश्वर अधिकारीलाई सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    images

     

    १saurav.jpg