शनिबार, भाद्र २७ गते २०८३
images

पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

एक्सप्रेस पाना
आषाढ ८, २०८३ सोमबार
  • 143
    SHARES
  • पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको ८० वर्षको उमेरमा आइतबारराति पौने १० बजे निधन भएको हो । 

    images

    पछिल्लो समय दमको समस्या बढेपछि खरेललाई फ्रन्टलाइन अस्पतालमा उपचारका लागि राखिएको थियो । खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए । खरेलले कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए ।

    स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ । केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # राजेन्द्र खरेल