काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार घटेको छ ।
आज बजार ८.५० अंकले घटेर २६५१.५२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब ४१ करोडको कारोबार भएको बजारमा बिहिबार २ अर्ब ८३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८३ कम्पनीको सेयर मुल्य बढेको छ भने १७२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


