काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार बढेको छ ।
आज बजार ८.८७ अंकले बढेर २६६१.७१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे संगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ३ अर्ब ८६ करोडको कारोबार भएको बजारमा बिहिबार ४ अर्ब ११ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १०८ कम्पनीको सेयर मुल्य बढेको छ भने १५२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


