काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २६.२९ अंकले घटेर २६२७.११ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । शुक्रबार ४ अर्ब ४१ करोडको कारोबार भएको बजारमा सोमबार ३ अर्ब ५५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३४ कम्पनीको सेयर मुल्य बढेको छ भने २३९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


