शनिबार, भाद्र २७ गते २०८३
images

यूएईले १११ नेपालीलाई आममाफी दियो, कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्किने

एक्सप्रेस पाना
आषाढ २३, २०८३ मंगलबार
  • 101
    SHARES
  • यूएईले १११ नेपालीलाई आममाफी दियो, कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्किने

    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल-अधा २०२६ को अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेको छ।

    images

    यस निर्णयप्रति नेपाल सरकारले हार्दिक कृतज्ञता व्यक्त गर्दै यसलाई नेपाल–यूएईबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सद्भाव अझ सुदृढ भएको संकेतका रूपमा लिएको जनाएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार उक्त आममाफी मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली राजदूतावासले गरेको अनुरोधको आधारमा यूएई सरकारले प्रदान गरेको हो।

    images

    आममाफी प्राप्त नेपाली नागरिकहरूले आफूविरुद्ध अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्किन सक्ने मन्त्रालयले जनाएको छ।

    नेपाल सरकारले यूएई सरकारको यस मानवीय तथा सद्भावपूर्ण निर्णयको उच्च प्रशंसा गर्दै भविष्यमा पनि दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेको छ।

  • सम्बन्धित विषय:

  • # आममाफी