शनिबार, भाद्र २७ गते २०८३
images

सम्पत्ति छानबिन आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

एक्सप्रेस पाना
आषाढ २७, २०८३ शनिबार
  • 106
    SHARES
  • सम्पत्ति छानबिन आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको कामकारबाही तत्कालका लागि अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

    images

    शुक्रबार न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । 

    अदालतका अनुसार रिटमा उठाइएका प्रश्न संवैधानिक तथा कानुनी रूपमा गम्भीर प्रकृतिका देखिएका छन्। मुद्दाको अन्तिम टुङ्गो नलाग्दै आयोगले छानबिन प्रक्रिया अघि बढाउने वा व्यक्तिसँग सम्पत्ति विवरण माग्ने कार्य जारी राखेमा गोपनीयताको अधिकार तथा कानुनी हकमाथि अपूरणीय असर पर्न सक्ने भएकाले अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख छ।

    images

    सरकारले गत बैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # सम्पत्ति छानबिन आयोग