शनिबार, भाद्र २७ गते २०८३
images

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

एक्सप्रेस पाना
आषाढ २८, २०८३ आइतबार
  • 90
    SHARES
  • चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

    चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् ।

    images

     २०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

    यसै क्रममा मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मंगले बोटेसँग पनि भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । भेटका क्रममा उनीहरूलाई जीविकोपार्जनका लागि प्रति व्यक्ति ५ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिइयो ।

    images

    मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पीडितलाई समयमै राहत, उपचार र पुनस्र्थापनाको व्यवस्था प्रभावकारी रूपमा अघि बढाइने बताइन् । 

    साथै, यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना कार्यान्वयन गर्न निर्देशन समेत दिइन् ।

  • सम्बन्धित विषय:

  • # गीता चौधरी
  • # ध्रुवे हात्ती