सोमबार, भाद्र २९ गते २०८३
images

रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने

एक्सप्रेस पाना
आषाढ २८, २०८३ आइतबार
  • 90
    SHARES
  • रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरमा ८ करोड रुपैयाँ लगानी गर्ने

    काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ बराबरको लगानी गर्ने निर्णय गरेको छ ।

    images

    कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा रणनीतिक लगानी गर्ने योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो ।

    निर्णयअनुसार रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ । यसका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

    images

    कम्पनीले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने रणनीतिअनुसार उक्त निर्णय गरिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रू रू जलविद्युत