आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजारमा ५५ दशमलव ५० अंकले बढ्यो

एक्सप्रेस पाना
कार्तिक १४, २०७८ आइतबार
  • 256
    SHARES
  • सेयर बजारमा ५५ दशमलव ५० अंकले बढ्यो

    कात्तिक १४ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार ८३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

    images

    कारोबार रकम पनि बढेको छ । नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आइतबार ३१ भन्दा बढीको कम्पनीकाे कारोबार भएको छ ।          

    नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएकामध्ये बैंकिङ समूहको सूचकबाहेक सबै समूहको सूचकमा एकदेखि छ प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।

    images

    बैंकिङ समूहको सूचकमा शून्य दशमलव १६ प्रतिशतले गिरावट आएको छ । आइतबार सबैभन्दा धेरै कमाउनेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता छन् । त्यस्तै, आइतबार धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्यमा ६ दशमलव ५० प्रतिशतले गिरावट आएको छ ।