काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।


