आइतबार, कार्तिक १६ गते २०८३
images
images

अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने

एक्सप्रेस पाना
कार्तिक १५, २०७८ सोमबार
  • 232
    SHARES
  • अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने

    कात्तिक १५ काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । संस्थाको दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । 

    images

    योसँगै संस्थाले नाै करोड ७५ लाख रुपैयाँ बराबरको नाै लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ । आईपीओ  जारी पश्चात संस्थाको चुक्ता पुँजी २५ करोड पुग्नेछ । संस्थाले अहिले रेटिङको काम गराइरहेको जनाएको छ । 

    सभाले आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य ईजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संथासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति र समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, वार्ता गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

    images

    हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।  काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ भित्र थप छ वटा शाखा कार्यालय सञ्चानलमा ल्याउने संस्थाको तयारी छ ।