काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको हो।
साउन १८ गते बिहानदेखी लागू हुने नयाँ मुल्य काठमाडौं, पोखरा र भैरहवा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य पनि यी क्षेत्रमा प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ।
पहिलो वर्गका क्षेत्रमा पेट्रोल १९७ रुपैयाँ ५० पैसा तथा डिजेलरमट्टितेल १९७ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ। दोस्रो वर्गअन्तर्गत पेट्रोल १९९ रुपैयाँ र डिजेलरमट्टितेल १९९ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ। एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्नुपरेको निगमको भनाइ छ। यद्यपि उपभोक्तामाथि थप भार नपरोस् भनेर निगमले लागतअनुसारको सम्पूर्ण मूल्य वृद्धि भने नगरेको जनाएको छ।
.jpg)


