काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २१.१५ अंकले घटेर २६६३.१८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटेसगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज आज ५८ कम्पनीको सेयर मुल्य बढेको छ भने २१४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


