मंगलबार, भाद्र २३ गते २०८३
images

साताको अन्तिम दिन नेप्से ४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

एक्सप्रेस पाना
श्रावण २२, २०८३ शुक्रबार
  • 894
    SHARES
  • साताको अन्तिम दिन नेप्से ४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ४.०५ अंकले घटेर २६५०.०९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै शुक्रबार कारोबार रकम पनि घटेको छ । बिहिबार ४ अर्ब ६२ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ७७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८६ कम्पनीको सेयर मुल्य बढेको छ भने १८४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से