काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


