बुधबार, भाद्र २४ गते २०८३
images

नाडा अटो शोको तयारी अन्तिम चरणमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

एक्सप्रेस पाना
भाद्र ८, २०८३ सोमबार
  • 114
    SHARES
  • नाडा अटो शोको तयारी अन्तिम चरणमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

    काठमाडौं । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपममा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

    images

    १८ औं संस्करणको नाडा अटो शोका लागि भृकुटीमण्डप परिसर क्षेत्रमा स्टल एवम अन्य पूर्वाधार साथै मुख्यद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । 

    सोमबार विभिन्न ब्रान्डका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउने कामसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम धमाधम भइरहेको छ । 

    images

    सोमबार नै भृकुटीमण्डप परिसरमा आयोजना गरिएको प्रेस व्रिफिङ एवम स्टल निर्माण अवलोकन भ्रमण कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार संस्था स्थापनाको ५०औँ स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गरिएको अटो शो विशेष र भब्य हुनेछ ।

    ‘हामीले सबै तयारी लगभग सकेका छौं । सुरक्षित र सहज रुपमा अवलोकन गर्न मिल्नेगरी व्यवस्थापन गरिरहेका छौं । मंगलबार नौं बजे उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट पाहुनाहरुको उपस्थितिमा अटो शो भब्य उद्घाटन हुनेछ,’ अध्यक्ष उप्रेतीले भने । 

    यस पटकको शोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराइने साथै नाम चलेका दुई र चारपांग्रेका नयाँ ब्रान्ड लन्च गरिने कार्यक्रम रहेको उनले बताए ।

    त्यस्तै नाडाका महासचिव मिलनबाबु मल्लले अवलोकनकर्तालाई कुनै असुविधा नहुनेगरी तयारी गरिएको जानकारी दिए ।

    भदौ ९ मंगलबारदेखि १४ गतेसम्म (अगस्ट २५–३०, २०२६) आयोजना हुने शोका लागि प्राविधिक तथा कामदारहरू स्टल निर्माणको कामलाई अन्तिम रुप दिइरहेको पनि महासचिव मल्लले जानकारी दिए । 

    करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिएको प्रदर्शनीस्थलमा २०० भन्दा बढी स्टलहरू रहने पनि मल्लले जानकारी दिए । यस पटकको संस्करणमा अघिल्ला वर्षहरुभन्दा थप प्रविधिमैत्री र व्यवस्थित हुने उनले बताए ।

    यस पटक ५३ सवारी ब्रान्ड साथै अटो कम्पोनेन्ट्स तथा एसेसरिजस् अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स र ग्यारेज उपकरणका लागि करिब ७० वटा छुट्टै स्टलहरु रहने आयोजकको भनाइ छ । साथै बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुको समेत सहभागिता रहनेछ ।

  • सम्बन्धित विषय:

  • # नाडा अटो शो