काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटे पनि मंगलबार कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्ब २३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब १० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज ७८ कम्पनीको सेयर मुल्य बढेको छ भने १८७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


