काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।


