काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ ।
आज ९.२४ अंकले बढेर २५२२.६६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे पनि मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६४ करोडको कारोबार भएको बजारमा आज २ अर्ब ९० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १८१ कम्पनकिो सेयर मुल्य बढेको छ भने ८४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


