मंगलबार, भाद्र २३ गते २०८३
images

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

एक्सप्रेस पाना
भाद्र १७, २०८३ बुधबार
  • 81
    SHARES
  • ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    images

    बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक
  • # लाभांश