काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ४.६६ अंकले बढेर २५४२.७७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार २ अर्ब ९४ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ४६ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १४५कम्पनकिो सेयर मुल्य बढेको छ भने १२३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


