आइतबार, कार्तिक १६ गते २०८३
images
images

तिहारकाे पहिलाे दिन : सुनचाँदीको मूल्य फेरि उकालो

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 334
    SHARES
  • तिहारकाे पहिलाे दिन : सुनचाँदीको मूल्य फेरि उकालो

    कात्तिक १६ काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । 

    images

    मंगलबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ । हिजो सोमबार एक हजार २४४ रुपैयाँ कायम भएको थियो ।