काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सामान्य बढेको छ ।
आज बजार ७.०६ अंकले बढेर २६५४.२८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । शुक्रबार ६ अर्ब ७४ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १३७ कम्पनकिो सेयर मुल्य बढेको छ भने १३१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


