काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार ११.७७ अंकले बढेर २६२९.८१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे पनि बिहिबार कारोबार रकम भने घटेको छ । बुधबार ६ अर्ब ३५ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १७६ कम्पनकिो सेयर मुल्य बढेको छ भने ९५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


