काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ ।
आज बजार ९.६२ अंकले घटेर २६०३.७१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ३८ करोडको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ६५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ६९ कम्पनिको सेयर मुल्य बढेको छ भने १९९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


