आइतबार, कार्तिक १६ गते २०८३
images
images

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न,१० प्रतिशत लाभांश पारित

एक्सप्रेस पाना
आश्विन १६, २०८३ शुक्रबार
  • 100
    SHARES
  • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न,१० प्रतिशत लाभांश पारित

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । 

    images

    सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ ।

    सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो । यसैगरी, बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ । स्वीकृत बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

    images

    सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी महानुभावहरुको अटूट विश्वास र निरन्तर साथप्रति हार्दिक आभार व्यक्त गरे । उनले ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण शुभेच्छुकहरुको साथ र सहयोगकै कारण बैंकले गौरवमय दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए ।

    नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहोर्‍याउँदै उनले ग्राहकहरुलाई अझ सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने जानकारी दिए । 

    सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । साधारण सभामा नियमनकारी निकायका प्रतिनिधिहरु, शेयरधनी तथा संस्थागत लगानीकर्ताहरु र सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति थियो ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक