काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


